सन्दिपले गरे पहिरो पीडितलाई सहयोग

२०७८ असार १५, मंगलवार १०:५०

नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सोमबार सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् ।

उनले पहिरोबाट प्रभावित भएकाहरुलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई चौतारा पुगेर सहयोग गरेका हुन् ।

लामिछानेले जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष अरुण पोखरेललाई हस्तान्तरण गरेका हुन् ।


विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो।

सम्बन्धित 

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy