सन्दिपले गरे पहिरो पीडितलाई सहयोग

नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सोमबार सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् ।

उनले पहिरोबाट प्रभावित भएकाहरुलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई चौतारा पुगेर सहयोग गरेका हुन् ।

लामिछानेले जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष अरुण पोखरेललाई हस्तान्तरण गरेका हुन् ।


विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो।

सम्बन्धित 

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]