भारतीय क्रिकेटर दिनेश कार्तिक पछिल्लो समय आफ्नो कमेन्ट्रिको कारण चर्चामा रहेका छन्। भारत र न्युजिल्यान्ड बीच वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलबाट कमेन्ट्रि सुरुवात गरेका कार्तिकको कामको तारिफ गरिएको थियो। लगत्तै कार्तिक इंग्ल्यान्ड र श्रीलंका बीच इंग्ल्यान्डमा जारी सिरिजमा पनि कमेन्ट्रि गरिरहेका छन्। शुक्रबार राति सम्पन्न दुई देश बीचको दोश्रो एकदिवसीय दौरान कार्तिकले कमेन्ट्रिको दौरान भनेको कुरा यति बेला क्रिकेट फ्यानहरु बीच चर्चाको विषय बनेको छ।
खेलको दौरान कार्तिकले कमेन्ट्रि गर्ने क्रममा ब्याट्सम्यानहरुलाई आफ्नो ब्याट भन्दा अरु ब्याट्सम्यानको ब्याट बढी मन पर्ने प्रसंग निकालेका थिए। त्यसपछि उनले क्रिकेट ब्याट छिमेकीको श्रीमती जस्तो भएको बताए- “ब्याट छिमेकीको श्रीमती जस्तै हो, सधै राम्रो लाग्छ।” कार्तिकले बोलेको उक्त कुरा सामाजिक संजालमा भाइरल बनिरहेको छ जसमा उनले बोलेको कुरा स्पस्ट सुनिन्छ।
@DineshKarthik take a bow👏🏻👏🏻 Brilliant commentary 😂😂 I can imagine @felixwhite and @gregjames applauding right now #tailendersoftheworlduniteandtakeover pic.twitter.com/SLD4kxIB2n
— Jon Moss (@Jon_Moss_) July 1, 2021
३६ वर्षीय कार्तिकले कमेन्ट्रिको उक्त प्रसंग निकालेपछि कार्तिकको जीवनको व्यक्तिगत प्रसंग पुनः क्रिकेट प्रेमीहरुले याद गरेका छन्। दिनेश कार्तिकले आफ्नो पहिलो श्रीमती निकिता बन्जरासंग सन् २०१२ मा डिभोर्स दिएका थिए। निकितासंग आफ्नै साथी खेलाडी मुरली विजयको अफेयर चलेको थाहा पाएपछि कार्तिक र निकिता बीचको डिभोर्स भएको मानिने गरिन्छ। मुरली विजय र कार्तिकको पूर्वपत्नी निकिता बन्जरा सन् २०१२ मा विवाह वन्धनमा बाँधिएका थिए जसको हाल दुई छोरा र एक छोरि समेत रहेको छ। कार्तिकले डिभोर्सको एक वर्षपछि भारतीय स्क्वास खेलाडी दिपक पल्लिकल कार्तिकसंग विवाह गरेका थिए।
कार्तिकले कमेन्ट्रिको क्रममा व्यक्त गरेको उक्त प्रसंगलाई कतिले हाँसोको विषय बनाएका छन् भने कतिले उक्त कुरा असोभनिय भएको र सेक्सिस्ट कमेन्टको आरोप लगाउदै कार्तिकलाई माफी माग्न बताएका छन्। हेर्नुस ट्वीटर प्रतिक्रियाहरु
Oh the irony – Dinesh Karthik divorced his first wife when he found out she was having an affair with his Tamil Nadu teammate Murali Vijay.
— Nakul Pande (@NakulMPande) July 2, 2021
@DineshKarthik pic.twitter.com/DWDrFtfb6O
— RVCJ Media (@RVCJ_FB) July 2, 2021
Yo @DineshKarthik, we’re always excited to hear your voice in the background of good games and your analysis has been on point but you gotta do better than that misogynistic joke. Perpetuates the same toxic masculinity that doesn’t need to exist in sport. A joke in poor taste!
— Tina Tengra 🙅🏻♀️ (@tinatengra07) July 2, 2021
why is everyone hailing Dinesh Karthik as a great commentator for his sexist and cringe comment comparing a married woman to a bat wtf is wrong with people????
— arundhati (@uwuzuumaki) July 2, 2021
Humor and opinions are subjective. I felt Dinesh Karthik’s comments are in poor taste. But since he built this image of most knowledgeable and likeable commentator with stylish outfits, I feel he’ll get away easily. Anyone else would’ve found themselves in trouble.
— Prakash (@Prakash1049) July 2, 2021
“Bats are like a neighbour’s wife, they always feel better”
Dinesh Karthik is currently getting talked too behind the scenes 😭
— TheCricketMen (@thecricketmen) July 1, 2021
Dinesh Karthik’s neighbor after hearing his commentary yesterday. pic.twitter.com/hsjoKHTYC5
— Gerald (@Gee_SK) July 2, 2021
