लिटन दासले जोगाए बंगलादेशको दिन

२०७८ असार २३, बुधबार २३:०४

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत एक मात्र टेस्ट हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले पहिलो दिनको समाप्तिमा ८३ ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २९४ रन बनाएको छ।

बंगलादेशको लागि विकेटकिपर ब्याट्सम्यान लिटन दासले सर्वाधिक ९५ रन, कप्तान मोमिनुल हकले ७० रन बनाए। दिनको अन्त्य हुँदा महमुदुल्लाह ५४ रन तथा तास्किन एहमद १३ रन बनाएर अविजित रहेका छन्।

१३२ रनको योगफलमा ६ विकेट गुमाएको अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गरेका दासले महमुदुल्लाहसंग १३८ रनको साझेदारी गर्दै योगफल २५० पार गराएका थिए। दासलाई अन्तिम सेसनमा दायाँ हाते पेसर डोनाल्ड ट्रिपानोले क्याच आउट गराउदै करियरको पहिलो शतक बनाउन समेत रोके।


जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानीले सर्वाधिक ३ विकेट ( १६-३-४८-३ ) लिएका छन् भने डोनाल्ड ट्रिपानो ( १३-४-३६-२ ) र भिक्टर न्याउची ( १२-१-६९-२ ) ले समान २ विकेट तथा रिचार्ड नगरभाले १ विकेट ( १५-५-३६-१ ) लिएका छन्।

दुई देश बीच जुलाई १६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा जुलाई २३ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज हुने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy