लिटन दासले जोगाए बंगलादेशको दिन

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत एक मात्र टेस्ट हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले पहिलो दिनको समाप्तिमा ८३ ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २९४ रन बनाएको छ।

बंगलादेशको लागि विकेटकिपर ब्याट्सम्यान लिटन दासले सर्वाधिक ९५ रन, कप्तान मोमिनुल हकले ७० रन बनाए। दिनको अन्त्य हुँदा महमुदुल्लाह ५४ रन तथा तास्किन एहमद १३ रन बनाएर अविजित रहेका छन्।

१३२ रनको योगफलमा ६ विकेट गुमाएको अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गरेका दासले महमुदुल्लाहसंग १३८ रनको साझेदारी गर्दै योगफल २५० पार गराएका थिए। दासलाई अन्तिम सेसनमा दायाँ हाते पेसर डोनाल्ड ट्रिपानोले क्याच आउट गराउदै करियरको पहिलो शतक बनाउन समेत रोके।


जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानीले सर्वाधिक ३ विकेट ( १६-३-४८-३ ) लिएका छन् भने डोनाल्ड ट्रिपानो ( १३-४-३६-२ ) र भिक्टर न्याउची ( १२-१-६९-२ ) ले समान २ विकेट तथा रिचार्ड नगरभाले १ विकेट ( १५-५-३६-१ ) लिएका छन्।

दुई देश बीच जुलाई १६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा जुलाई २३ तारिख देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज हुने तालिका रहेको छ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]