सुर्यकुमारको अर्धशतक मद्दतले भारतद्वारा श्रीलंकालाई १६५ रनको लक्ष्य

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल कोलोम्बोको आर प्रेमदाशा स्टेडियममा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १६४ रन बनाउदै भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ओपनर पृथ्वी श पहिलो बलमै दुश्मन्था चमिराबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि कप्तान शिखर धवनले संजु स्यामसनसंग ५१ रन जोडे। २० बलमा २ चौका र १ छक्का मद्दतले २७ रन बनाएका स्यामसनलाई वानिन्दु हसरंगाले एलबिडब्लु आउट गराए। धवनले तेश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ६२ रन जोडे।


धवनले १५ औं ओभरमा चमिका करुनारत्नेबाट क्याच आउट हुनु अघि ४६ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। करियरको दोश्रो अर्धशतक पुरा गरेपछि यादव १६ औं ओभरमा हसरंगाबाट क्याच आउट भए। त्यस अघि यादवले ३४ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनाए। त्यसपछि हार्दिक पान्ड्या मात्र १० रन बनाएर चमिराबाट क्याच आउट भए। त्यसपछि इशान किशनले एक किनार सम्हाल्दै अविजित २० रन बनाए जुन क्रममा १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

इनिंग्सको अन्तिम ५ ओभरमा भारतले २ विकेट क्षेतीमा ४३ रन बनायो।

श्रीलंकाको बलिंगमा दुश्मन्था चमिरा ( ४-०-२४-२ ) र वानिन्दु हसरंगा ( ४-०-२८-२ ) ले समान २ विकेट लिए भने चमिका करुनारत्नेले १ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]