भारत र श्रीलंका बीच मंगलबार निर्धारित दोश्रो टि-२० अन्तर्राष्ट्रिय भारतीय अलराउण्डर क्रुनाल पान्ड्यालाई कोभिड-१९ देखिएपछि सरेको छ।
क्रुनालको मंगलबार बिहान पोजेटिभ नतिजा आएपछि उनि क्वारेन्टाइनमा बसीरहेका छन् भने अन्य खेलाडीहरुपनि टेस्टको नतिजा कुरीरहेका छन्।
“भारत र श्रीलंका बीच जुलाई २७ तारिखमा तय भएको दोश्रो टि-२० अन्तर्राष्ट्रिय एक दिन सारिएको छ र बुधबार जुलाई २८ तारिखमा खेलिनेछ।” भारतीय क्रिकेट बोर्डका सेक्रेटरी जय शाहले प्रेस बिज्ञप्तिमार्फत बताए।
NEWS : Krunal Pandya tests positive.
Second Sri Lanka-India T20I postponed to July 28.
The entire contingent is undergoing RT-PCR tests today to ascertain any further outbreak in the squad.#SLvIND
— BCCI (@BCCI) July 27, 2021
पान्ड्याको नतिजाको सम्पर्कमा अन्य ८ जना खेलाडीहरु पनि रहेको जो सहित पुरै टिमको पीसीआर टेस्ट मंगलबार गरिएको छ। सिरिज अन्तर्गत दुई वटा खेल बाँकी रहेको छ जुन अब खेलाडीहरुको रिपोर्ट नेगेटिभ आएको खण्डमा लगातार दुई दिन खेलिनेछ।
सिरिज अन्तर्गत पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो।
