“१२० को स्कोर पनि १९० जस्तै लागिरहेको छ” – ड्यान क्रिस्चियन

२०७८ श्रावण २५, सोमबार ०७:१२

अस्ट्रेलियन अलराउण्डर ड्यान क्रिस्चियनले बंगलादेश बिरुद्ध जारि टि-ट्वान्टी सिरिजमा जस्तो अफ्टेरो स्थिति आफुले पुरै करियरमा सामना नगरेको बताएका छन्।

क्रिस्चियनका अनुसार ब्याटिंग गर्न शेरे बांग्ला नेसनल स्टेडियममा यति गाह्रो छ कि १२० रन बनाउदा १९० रन बनाएको जस्तै लागिरहेको छ। क्रिस्चियनले बंगलादेश बिरुद्ध चौथो सिरिजको चौथो खेल जित्दा शाकिब अल हसनको एकै ओभरमा ५ छक्का मद्दतले १५ बलमा ३९ रन बनाएका थिए। सोहि इनिंग्सको मद्दतले अस्ट्रेलियाको जित सम्भब भएको थियो। १०५ रनको लक्ष्य पछ्याउन समेत अस्ट्रेलियालाई धौ धौ भएको थियो।

क्रिस्चियनले बताए – “मैले टि-२० क्रिकेटमा यति कठिन परिस्थिति कहिल्यै पनि देखेको थिईन। १२० को स्कोर पनि १९० जस्तै लागिरहेको छ। यो ब्याटिंग गर्न एकदमै कठिन ठाउँ हो। स्पिनर मात्र हैन फास्ट बलरले पनि सुस्त गतिमा बल फाल्दा बल घुमीरहेको छ र रोकिएर पनि आइरहेको छ। यो मैदान पनि ठूलो छ। निश्चित रुपमा यहाँ अलग क्रिकेट भैरहेको छ। यहाँ लय पाउन कठिनाई भइरहेको छ। सायद विश्वमै कुनै पनि स्तरको बलिंग खेल्न यस्तो अफटेरो हुँदैन होला।”

सिरिजको पहिलो खेलमा बंगलादेशले पहिले ब्याटिंग गर्दै बनाएको १३१ रन सिरिजको सर्वाधिक योगफल हो। जारि सिरिजको अन्तिम खेल सोमबार ( अगस्ट ९ ) खेलिनेछ। सिरिज यस अघिनै बंगलादेशले ३-१ ले जितीसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy