“१२० को स्कोर पनि १९० जस्तै लागिरहेको छ” – ड्यान क्रिस्चियन

अस्ट्रेलियन अलराउण्डर ड्यान क्रिस्चियनले बंगलादेश बिरुद्ध जारि टि-ट्वान्टी सिरिजमा जस्तो अफ्टेरो स्थिति आफुले पुरै करियरमा सामना नगरेको बताएका छन्।

क्रिस्चियनका अनुसार ब्याटिंग गर्न शेरे बांग्ला नेसनल स्टेडियममा यति गाह्रो छ कि १२० रन बनाउदा १९० रन बनाएको जस्तै लागिरहेको छ। क्रिस्चियनले बंगलादेश बिरुद्ध चौथो सिरिजको चौथो खेल जित्दा शाकिब अल हसनको एकै ओभरमा ५ छक्का मद्दतले १५ बलमा ३९ रन बनाएका थिए। सोहि इनिंग्सको मद्दतले अस्ट्रेलियाको जित सम्भब भएको थियो। १०५ रनको लक्ष्य पछ्याउन समेत अस्ट्रेलियालाई धौ धौ भएको थियो।

क्रिस्चियनले बताए – “मैले टि-२० क्रिकेटमा यति कठिन परिस्थिति कहिल्यै पनि देखेको थिईन। १२० को स्कोर पनि १९० जस्तै लागिरहेको छ। यो ब्याटिंग गर्न एकदमै कठिन ठाउँ हो। स्पिनर मात्र हैन फास्ट बलरले पनि सुस्त गतिमा बल फाल्दा बल घुमीरहेको छ र रोकिएर पनि आइरहेको छ। यो मैदान पनि ठूलो छ। निश्चित रुपमा यहाँ अलग क्रिकेट भैरहेको छ। यहाँ लय पाउन कठिनाई भइरहेको छ। सायद विश्वमै कुनै पनि स्तरको बलिंग खेल्न यस्तो अफटेरो हुँदैन होला।”

सिरिजको पहिलो खेलमा बंगलादेशले पहिले ब्याटिंग गर्दै बनाएको १३१ रन सिरिजको सर्वाधिक योगफल हो। जारि सिरिजको अन्तिम खेल सोमबार ( अगस्ट ९ ) खेलिनेछ। सिरिज यस अघिनै बंगलादेशले ३-१ ले जितीसकेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]