मुख्यमन्त्री कप आयोजन गर्न क्यानको प्रस्तावमा गण्डकी प्रदेश सकारात्मक

२०७८ श्रावण २६, मंगलवार ०८:०५

मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघ ( क्यान ) ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष प्रस्ताव पेश गरेको छ।

क्यान अध्यक्ष चतुर बहादुर चन्द लगायत पदाधिकारीहरु, गण्डकी प्रदेश क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघका पदाधिकारीहरुद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री सोमबार भेटेर उक्त प्रस्ताव  राखेका थिए। भेटमा प्रदेशमा भौतिक पूर्वाधार विकास गर्न समेत क्यानले पहल गरेको थियो।

क्यानको प्रस्तावमा मुख्यमन्त्री पोखरेल सकारात्मक प्रतिक्रिया दिएको र प्रस्तावमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको क्यानले विज्ञप्तिमार्फत बताएको छ। प्रस्तावमा सकरात्मक भएकोमा मुख्यमन्त्री पोखरेललाई क्यानले आभार प्रकट गरेको छ।

हालसम्म सुदूरपश्चिम प्रदेशले बाहेक अन्य प्रदेशले मुख्यमन्त्री कप राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छैन। २०७५ चैत्रमा धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप प्रतियोगिता आयोजना भएको थियो जसको उपाधि प्रदेश-२ ले जितेको थियो।

https://www.youtube.com/watch?v=I-nmU04UXQc

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy