IPL : दिल्लीको कप्तानमा पन्तलाई निरन्तरता

२०७८ भाद्र १८, शुक्रबार १७:४८

श्रेयस ऐयर उपलब्ध भएता पनि आईपीएलको दोश्रो फेजको खेलमा पनि दिल्ली क्यापिटल्सले रिशभ पन्तलाईनै कप्तानको रुपमा निरन्तरता दिने भएको छ।

भारतीय मिडियाहरुका अनुसार दिल्ली टिम व्यवस्थापनले पहिलो फेजमा दिल्ली अंकतालिकाको शिर्ष स्थानमा रहेको र त्यही लयलाई निरन्तरता दिन चाहेको छ। त्यसैले कप्तानको रुपमा पन्तलाईनै निरन्तरता दिईनेछ।

मार्च देखि प्रतिस्पर्धात्मक क्रिकेट नखेलेकोले पनि ऐयरलाई तत्काल कप्तानी नसुम्पने निर्णयमा दिल्ली पुगेको बताईएको छ। २६ वर्षीय ऐयरले पछिल्लो दुई र आधा सिजन टिमको कप्तानी गरेका थिए जसले ढाडको चोटको कारण लिगको पहिलो फेज गुमाएका थिए।

सेप्टेम्बर १९ तारिखबाट युएई मा आईपीएलको दोश्रो फेज सुरु हुनेछ। पहिलो फेजमा दिल्ली ८ खेलमा ६ जित र २ हार पछि १२ अंक सहित शिर्ष स्थानमा रहेको छ। टिमले सेप्टेम्बर २२ तारिखमा सनराइजर्स हैदरावाद बिरुद्ध दुबईमा नवौं खेल खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy