IPL : दिल्लीको कप्तानमा पन्तलाई निरन्तरता

श्रेयस ऐयर उपलब्ध भएता पनि आईपीएलको दोश्रो फेजको खेलमा पनि दिल्ली क्यापिटल्सले रिशभ पन्तलाईनै कप्तानको रुपमा निरन्तरता दिने भएको छ।

भारतीय मिडियाहरुका अनुसार दिल्ली टिम व्यवस्थापनले पहिलो फेजमा दिल्ली अंकतालिकाको शिर्ष स्थानमा रहेको र त्यही लयलाई निरन्तरता दिन चाहेको छ। त्यसैले कप्तानको रुपमा पन्तलाईनै निरन्तरता दिईनेछ।

मार्च देखि प्रतिस्पर्धात्मक क्रिकेट नखेलेकोले पनि ऐयरलाई तत्काल कप्तानी नसुम्पने निर्णयमा दिल्ली पुगेको बताईएको छ। २६ वर्षीय ऐयरले पछिल्लो दुई र आधा सिजन टिमको कप्तानी गरेका थिए जसले ढाडको चोटको कारण लिगको पहिलो फेज गुमाएका थिए।

सेप्टेम्बर १९ तारिखबाट युएई मा आईपीएलको दोश्रो फेज सुरु हुनेछ। पहिलो फेजमा दिल्ली ८ खेलमा ६ जित र २ हार पछि १२ अंक सहित शिर्ष स्थानमा रहेको छ। टिमले सेप्टेम्बर २२ तारिखमा सनराइजर्स हैदरावाद बिरुद्ध दुबईमा नवौं खेल खेल्ने तालिका रहेको छ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]