पीएनजी बिरुद्ध दोश्रो खेल : नेपालले टस जितेर ब्याटिंग गर्दै, शरद, आरिफ र पवन बाहिर

२०७८ भाद्र २५, शुक्रबार १५:३९

पपुवा न्यु गिनी बिरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको छ।नेपालले इतिहासमै पहिलो पटक आज डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानमा जारी दुई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। खेल नेपाली समय ४:१५ बजे सुरु हुँदैछ।

खेलमा नेपालले अन्तिम एघारमा तिन वटा परिवर्तन गरेको छ। अघिल्लो खेलमा टिममा रहेका मध्यक्रम ब्याट्सम्यान शरद भेसावकर र आरिफ शेख तथा अफस्पिन अलराउण्डर पवन सर्राफलाई बाहिर राखिएको छ। पहिलो खेलमा शरदले ६ रन, आरिफले ९ रन तथा पवन सर्राफ खाता नखोली आउट भएका थिए .बलिंगमा पन आरिफ र पवन विकेटविहिन रहेका थिए।

फास्ट बलर करन केसी, विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र देब्रे हाते स्पिनर सुशन भारिले अन्तिम-११ मा मौका पाएका छन्।

पहिलो खेलमा टिममा नरहेका फास्ट बलर अविनाश बोहराले दोश्रो खेलमा पनि मौका पाएनन्। यस्तै खुट्टाको चोटका कारण घाइते भएका ब्याट्सम्यान दिपेन्द्र ऐरी र फास्ट बलर गुल्सन झा दोश्रो खेलमा पनि फिट नहुँदा मैदान बाहिरनै रहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब

मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy