पीएनजी बिरुद्ध दोश्रो खेल : नेपालले टस जितेर ब्याटिंग गर्दै, शरद, आरिफ र पवन बाहिर

पपुवा न्यु गिनी बिरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको छ।नेपालले इतिहासमै पहिलो पटक आज डे-नाइट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानमा जारी दुई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। खेल नेपाली समय ४:१५ बजे सुरु हुँदैछ।

खेलमा नेपालले अन्तिम एघारमा तिन वटा परिवर्तन गरेको छ। अघिल्लो खेलमा टिममा रहेका मध्यक्रम ब्याट्सम्यान शरद भेसावकर र आरिफ शेख तथा अफस्पिन अलराउण्डर पवन सर्राफलाई बाहिर राखिएको छ। पहिलो खेलमा शरदले ६ रन, आरिफले ९ रन तथा पवन सर्राफ खाता नखोली आउट भएका थिए .बलिंगमा पन आरिफ र पवन विकेटविहिन रहेका थिए।

फास्ट बलर करन केसी, विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र देब्रे हाते स्पिनर सुशन भारिले अन्तिम-११ मा मौका पाएका छन्।

पहिलो खेलमा टिममा नरहेका फास्ट बलर अविनाश बोहराले दोश्रो खेलमा पनि मौका पाएनन्। यस्तै खुट्टाको चोटका कारण घाइते भएका ब्याट्सम्यान दिपेन्द्र ऐरी र फास्ट बलर गुल्सन झा दोश्रो खेलमा पनि फिट नहुँदा मैदान बाहिरनै रहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब

मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]