EPL : सिकन्दर रजाको अर्धशतक, बिराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी अन्तर्गत दोश्रो दिन पहिलो खेलमा करन केसी कप्तानीको बिराटनगर वारीयर्स र सोमपाल कामि कप्तानीको चितवन टाइगर्स प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १५१ रन बनाउदै चितवनलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिराटनगरको लागि जिम्बाब्वेका ब्याट्सम्यान सिकन्दर रजाले सर्वाधिक ६७ रन बनाए जुन क्रममा २ चौका र ७ छक्का प्रहार गरे। यस्तै अनिल शाहले ३१ बलमा ३ चौका र १ छक्का मद्दतले ३२ रन बनाए। सौरभ खनालले अविजित ३० रन बनाए जुन क्रममा १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

खराब सुरुवात गरेको चितवनले पहिलो ३ विकेट ९ रनको योगफलमै गुमाउन पुगेको थियो। पहिलो ओभरमै सोमपाल कामिले आसिफ शेख र रायन पठानको विकेट लिए भने लगत्तै ओभरमा चन्द्रपौल हेमराजलाई कमल ऐरीले बोल्ड गरे। तेश्रो विकेटको लागि सिकन्दर रजा र अनिल शाहले ६१ रनको महत्वपूर्ण साझेदारी गरे। एघारौं ओभरमा अनिललाई सगर ढकालले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा कप्तान करन केसीलाई शाहब आलमले विकेटपछाडी क्याच आउट गराए। त्यसपछि रजा र सौरभ खनालले ४७ रनको साझेदारी गरे। १८ औं ओभरमा राजालाई कमलले क्याच आउट गराए। त्यसपछि सौरभले अन्तिमसम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। इनिंग्सको अन्तिम  ५ ओभरमा बिराटनगरले ५२ रन बनाउन सक्यो।

चितवनको बलिंगमा करिम जनत ( ४-०-३२-२ ), कमल ऐरी ( ४-०-१९-२ ), सागर ढकाल ( ३-०-१४-२ ) र सोमपाल कामिले ( ४-०-३४-२ ) समान २ विकेट तथा र शाहब आलमले १ विकेट ( ४-०-३३-१ ) लिए।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]