EPL मा आज पनि दुई खेल हुँदै

२०७८ आश्विन ११, सोमबार ०७:२५

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-ट्वान्टी अन्तर्गत सोमबार तेश्रो दिन पनि दुई वटा खेलहरु हुनेछन्।

दिनको पहिलो खेलमा ९:३० बजे बिहान करन केसी कप्तानीको बिराटनगर वारियर्स र सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ तथा दोश्रो खेलमा दिउँसो १:३० बजे शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र सोमपाल कामि कप्तानीको चितवन टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभी र युट्युबमा नेपालबाट मात्र हेर्न मिल्ने गरि OSRSports ले गरिरहेको छ। FANCODE यापबाट पनि शशुल्क प्रत्यक्ष प्रशारण भैरहेको छ।

लिग अन्तर्गत आफ्नो पहिलो खेलमा शनिवार काठमाडौँ किंग्स-११ ले डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै बिराटनगर वारियर्सले हिजो चितवन टाईगर्ससंग २ विकेटको हार व्यहोरेको थियो। चितवनले विजयी सुरुवात गर्दा भैरहवा भने आइतबारको पोखरा राइनोजसंगको दोश्रो खेल वर्षाले नतिजाविहिन रहंदा १/१ अंक बाड्न बाध्य भएको थियो।

बिराटनगर वारियर्स टिममा भेट्रान स्पिनर बसन्त रेग्मीको आगमन भएको छ। अमेरिकाको माइनर लिग खेलेर उनि शनिवार नेपाल आइपुगेका थिए। रेग्मी टिम होटल पुगीसकेका छन् र आज चितवन टाइगर्स बिरुद्ध खेल्ने सम्भावना प्रवल छ। यस्तै आज काठमाडौँ किंग्स-११ का विदेशी खेलाडी शाहिद अफ्रिदीको लिगमा अन्तिम खेल हुनेछ। आजको खेल खेलेर अफ्रिदी पाकिस्तान फर्कनेछन्।

लिगको आजको खेल पनि वर्षाको कारण प्रभावित हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार आइतबार देखि तिन दिन सम्म वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ किंग्स-११ को सम्भावित-११ : सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️)

बिराटनगर वारियार्सको सम्भावित-११ : करन केसी, आसिफ शेख, अनिल शाह, सौरभ खनाल, सुमित महर्जन, बसन्त रेग्मी/बिक्रम भुसाल, अनिल खरेल, प्रतिश जिसी, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️)

भैरहवा ग्ल्याडीएटर्सको सम्भावित-११ : शरद भेसावकर ( कप्तान )  ,आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी , दुर्गेश गुप्ता, तुल बहादुर थापा, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️)

चितवन टाइगर्सको सम्भावित-११ : सोमपाल कामि( कप्तान ), दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम,भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️)

सम्बन्धित : EPL-T20 2021 : कुन टिममा को-को खेलाडीहरु छन्

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy