EPL : भैरहवाका बलर धम्मिकालाई कारवाही

काठमाण्डौमा जारी एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत सोमबारको खेलमा चितवन टाइगर्सका ब्याटर दिलिप नाथप्रति आक्रामक व्यवहार देखाएका भैरहवा ग्ल्याडीएटर्सका दायाँ हाते फास्ट बलर धम्मिका प्रशादलाई कारवाही गरिएको छ।

खेलको १९ औं ओभरको अन्तिम बलमा धम्मीकालाई दिलिपले विशाल छक्का प्रहार गरेपछि श्रीलंकन पूर्व क्रिकेटर समेत रहेका धम्मिका आक्रोशित देखिएका थिए। दिलिपले छक्का हिर्काएपछि धम्मिकालाई केहि भनेका थिए जसपछि धम्मिका तातीएका थिए। उक्त ओभरमा तेश्रो बलमा धम्मिकाले गरेको बाउन्सर दिलिपले खेल्न नसकेपछि धम्मिकाले दिलिपलाई जिस्क्याएको जसरि दुई हातले इशारा गरेका थिए। त्यसलगत्तै बलमा दिलिपले उनलाई चौका प्रहार गरेका थिए।

धम्मिका र दिलिप बीच केहि बेर भनाभननै भएको थियो जसपछि भैरहवा कप्तान कप्तान शरद भेसावकर र बंगलादेश क्रिकेटर समेत रहेका तमिम इक्बालले धम्मिकालाई छुटाएका थिए। त्यसपछि पनि दुईजना बीच भनाभन जारि रहेपछि अनफिल्ड अम्पायर विनय कुमार झा र संजय गुरुङले धम्मिकालाई हटाएका थिए।

खेलपछि ३८ वर्षीय धम्मिका प्रशादलाई खेलाडी आचारसंहिताको धारा २.५ अनुसार उनले पाउने म्याच फिसको २० प्रतिशत जरिवाना गरिएको छ। यस्तै उनले एउटा डी-मेरिट अंक समेत दिईएको छ।

सोमबारकै खेलमा भैरहवाका कप्तान शरद भेसावकरलाई ढिलो ओभर रेटका कारण म्याच फिसको १० प्रतिशत तथा टिमका अन्य खेलाडीहरुलाई म्याच फिसको २ प्रतिशत जरिवाना गरिएको छ। यस्तै दिनको दोश्रो खेलमा पोखरा राइनोजका कप्तानलाई पनि ढिला ओभर रेटकै कारण सोहि कारवाही म्याच रेफ्री मोहम्मद शफिकले गरेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]