T20WC : दबाबमा आसिफको विस्फोटक ब्याटिंग, पाकिस्तानको लगातार तेश्रो जित

दबाबमा आसिफ अलिले आक्रामक ब्याटिंग गर्दा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै टि-२० विश्वकपमा पाकिस्तानले लगातार तेश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले एक ओभर बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो। जितमा कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ४७ बलमा ४ चौका प्रहार गरे। फखर जमानले ३० रन, शोयब मलिकले १९ रन बनाए भने आसिफ अलिले मात्र ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर मोहम्मद रिजवान ८ रन तेश्रो ओभरमा मुजिब उर् रहमानबाट क्याच आउट हुन पुगे। त्यसपछि बाबर आजमले फखर जमानसंग ६३ रनको साझेदारी गरे। बाह्रौं ओभरमा जमानलाई कप्तान मोहम्मद नाबीले एलबिडब्लु पारे भने पन्ध्रौँ ओभरमा मोहम्मद हफिजलाई राशिद खानले क्याच  गरे। बाबर र शोयब मलिकले चौंथो विकेटको लागि २५ रन जोडे। अर्धशतक पुरा गरेलगत्तै सत्रौं ओभरमा राशिदले बाबरलाई बोल्ड गरे जति बेला जित्न १८ बलमा २६ रन आवस्यक थियो।

अठारौं ओभरमा नभिन उल हकले जमिसकेका अर्का ब्याट्सम्यान मलिकलाई क्याच आउट पार्दै मात्र २ रन खर्चिए। १२ बलमा जित्न पाकिस्तानलाई २४ रन आवस्यक रह्यो। दबाबमा ब्याटिंगमा आएका आसिफ अलिले करिम जनतले गरेको उन्नाईसौं ओभरको पहिलो, तेश्रो, पाँचौ र छैठौं बलमा छक्का प्रहार गर्दै पाकिस्तानलाई एक ओभर अगावै जित दिलाए।

अफगानिस्तानको बलिंगमा रशिद खानले दुई विकेट ( ४-०-२६-२ ) , नाभिन उल हक ( ३-०-२२-१ ), मुजिब उर् रहमान ( ४-०-१४-१ ) र मोहम्मद नाबीले ( ४-०-३६-१ ) समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसको लागि गुल्बदिन नैबले मोहम्मद र मोहम्मद नाबीले अविजित रहँदै समान ३५ रन बनाए। नैबले २५ बलमा ४ चौका र १ छक्का तथा नाबीले ३२ बलमा ५ चौका प्रहार गरे। यस्तै नजीबुल्लाह जद्रानले २२, करिम जनतले १५ तथा रहमनुल्लाह गुर्बज र अस्घर अफ्घानले समान १० रन बनाए।

७६ रनमा ६ विकेट गुमाएको अवस्थामा नाबीले गुल्बदिन नैबसंग ४५ बलमा अविजित ७१ रनको साझेदारी गरे। हसन अलिले गरेको अठारौं ओभरमा गुल्बदिन नैबले १ छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले एकै ओभरमा १९ रन पायो। उन्नाइसौं ओभरमा हरिस रौफले १५ रन खर्चिए। अन्तिम ओभरमा शाहिन अफ्रिदीले ७ रन खर्चिए। अन्तिम ५ ओभरमा अफगानिस्तानले विकेट नगुमाई ५४ रन बनायो भने।

पाकिस्तान बलर इमाद वासिमले दुई विकेट ( ४-०-२५-२ ) लिए भने, शाहिन अफ्रिदी ( ४-०-२२-१ ), हरिस रौफ ( ४-०-३७-१), हसन अलि ( ४-१-३८-१ ) र शदाब खान ( ४-०-२-१ ) ले समान एक विकेट लिए।

जितपछि पाकिस्तान सुपर-१२ चरणको समुह ‘२’ अंकतालिकामा ६ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ। प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल नामिबियासंग नोभेम्बर २ तारिखमा तथा अफगानिस्तानले नामिबियासंग अक्टोबर ३१ तारिखमा खेल्नेछ।

अंकतालिका 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]