राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न क्यान समक्ष ६० जनाको आवेदन

Nepal Cricket Team

डेभ व्हाटमोरले अचानक व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि रिक्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि विश्वभरबाट ६० जना प्रशिक्षकहरुले नेपाल क्रिकेट संघ ( क्यान ) समक्ष आवेदन दिएका छन्।

क्यानले सोमबार विहान एक बिज्ञप्ति जारि गर्दै आवेदकहरुबाट अर्को छनोट गर्दै छिट्टै अन्तर्वार्ता लिने बताएको छ। “राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ। क्यानले आवेदकहरुबाट छनोट भएका निश्चित आवेदकहरुको क्यानद्वारा गठित छनोट समितिले केहि दिनमा अन्तर्वार्ता लिनेछ।” बिज्ञप्तिमा बताईएको छ।

प्रशिक्षकहरुको अन्तर्वार्ताको लागि क्यानले पूर्व राष्ट्रिय क्रिकेटर र क्यान पदाधिकारीहरु सम्मिलित छनोट समिति बनाउनेछ। छनोट समितिले अन्तर्वार्ता लिएपछि छानिएका प्रशिक्षकहरुको नाम क्यानले आईसीसीलाई पठाउनेछ। आईसीसीले मान्यता दिएपछि मात्र अधिकारिक रुपमा प्रशिक्षक छनोट प्रक्रिया पुरा हुनेछ। मुख्य प्रशिक्षकको तलव आईसीसीलेनै दिनेछ।

कार्यकाल सकिनु तिन महिना अघिनै पूर्व अस्ट्रेलियन क्रिकेटर समेत रहेका व्हाटमोरले राजीनामा गत सेप्टेम्बरमा राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षकविहिन छ। सेप्टेम्बरमा नेपालले विश्वकप लिग-२ अन्तर्गत ओमानमा आयोजक ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेपछि प्रशिक्षण गरेको छैन। पूर्व प्रशिक्षक व्हाटमोरले हाल भारतको बरोदा टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]