राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न क्यान समक्ष ६० जनाको आवेदन

२०७८ कार्तिक १५, सोमबार ०८:५३

Nepal Cricket Team

डेभ व्हाटमोरले अचानक व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि रिक्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि विश्वभरबाट ६० जना प्रशिक्षकहरुले नेपाल क्रिकेट संघ ( क्यान ) समक्ष आवेदन दिएका छन्।

क्यानले सोमबार विहान एक बिज्ञप्ति जारि गर्दै आवेदकहरुबाट अर्को छनोट गर्दै छिट्टै अन्तर्वार्ता लिने बताएको छ। “राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ। क्यानले आवेदकहरुबाट छनोट भएका निश्चित आवेदकहरुको क्यानद्वारा गठित छनोट समितिले केहि दिनमा अन्तर्वार्ता लिनेछ।” बिज्ञप्तिमा बताईएको छ।

प्रशिक्षकहरुको अन्तर्वार्ताको लागि क्यानले पूर्व राष्ट्रिय क्रिकेटर र क्यान पदाधिकारीहरु सम्मिलित छनोट समिति बनाउनेछ। छनोट समितिले अन्तर्वार्ता लिएपछि छानिएका प्रशिक्षकहरुको नाम क्यानले आईसीसीलाई पठाउनेछ। आईसीसीले मान्यता दिएपछि मात्र अधिकारिक रुपमा प्रशिक्षक छनोट प्रक्रिया पुरा हुनेछ। मुख्य प्रशिक्षकको तलव आईसीसीलेनै दिनेछ।

कार्यकाल सकिनु तिन महिना अघिनै पूर्व अस्ट्रेलियन क्रिकेटर समेत रहेका व्हाटमोरले राजीनामा गत सेप्टेम्बरमा राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टिम मुख्य प्रशिक्षकविहिन छ। सेप्टेम्बरमा नेपालले विश्वकप लिग-२ अन्तर्गत ओमानमा आयोजक ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेपछि प्रशिक्षण गरेको छैन। पूर्व प्रशिक्षक व्हाटमोरले हाल भारतको बरोदा टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy