स्कटल्याण्ड बिरुद्ध जित पछि कोहली भन्छन् -“नोभेम्बर ७ मा के हुन्छ, हेर्न रोचक हुनेछ”

टि-ट्वान्टी विश्वकपमा लगातार दुई हारपछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा भारतले अफगानिस्तान र त्यसपछि स्कटल्याण्डलाई ठूलो अन्तरले पराजित गर्यो। दुबई अन्तर्राष्ट्रिय मैदानमा स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य ६.३ ओभरमा पछ्याउदै भारतले दोश्रो जितको साथ नेट रनरेटमा न्युजिल्यान्ड र अफगानिस्तान दुवैलाई पछि पार्यो। विश्वकपको सेमीफाइनल पुग्न भारतको नजर अफगानिस्तान र न्युजिल्यान्ड बीचको खेलमा हुनेछ जुन खेलमा अफगानिस्तान विजयी भए र भारतले अन्तिम खेलमा नामिबियालाई पराजित गरे नेट रन रेटमा भारत र अफगानिस्तान मध्ये उत्कृस्ट हुने टिम सेमीफाइनल पुग्नेछ।

“यो निकै शानदार जित थियो जसको लागि हामि भोको थियौं। अब नोभेम्बर ७ मा के हुन्छ, हेर्न रोचक हुनेछ। आजको जितको बारेमा धेरै बोल्न चाहन्न किनकि हामीलाई थाहा छ कि हाम्रो क्षमता के हो। यहाँको मैदानमा टस जित्नु पनि निकै महत्वपूर्ण छ।” कोहलीले बताए।

नेट रन रेटमा अफगानिस्तान र न्युजिल्यान्ड दुवैलाई पछि पार्न भारतले ८६ रनको लक्ष्य ४३ बलमा पछ्याउन पर्थ्यो जुन भारतले हासील पनि गर्यो। कोहलीले टिमको योजना बारे बताए – “हामि उनीहरुलाई अधिकतम ११०-१२० मा रोक्न चाहन्थ्यौं। बलरहरु र त्यसपछि राहुल र रोहितले निकै राम्रो गरे। हामीले ब्याटिंग सुरुवात गर्दा ८-१० ओभर सम्ममा जित्ने बारे सोचेका थियौं किनकि विकेट गुमेको खण्डमा अर्को २० बल खेल्दा निकै नोक्सान हुन सक्थ्यो। हाम्रो प्राकृतिक रुपमा खेल्ने जसले गर्दा रन आफै छिटो बन्ने सोच थियो।”

कोहलीले जितमा अहम योगदान दिएका रभीन्द्र जडेजा, मोहम्मद शामी, केएल राहुल र रोहित शर्माको तारिफ गरे। शामि र जडेजाले समान तिन विकेट लिए भने राहुलले ५० तथा रोहितले ३० रन बनाए।

“यदी तपाई हाम्रो अभ्यास खेलहरु हेर्नुहुन्छ भने हामि यसरी नै ब्याटिंग गरिरहेका थियौं र पावरप्लेमा राम्रो गरेका थियौं। १-२ खेलमा त्यस्तो हुन सकेन जुन खेलमा हामीले १-२ वटा लगातार सफल ठूलो ओभर पाउन सकेनौं। बिपक्षी टिमले पनि राम्रो बलिंग गर्दै हामीमा दबाब बनाए। आज जडेजाले निकै राम्रो बलिंग गरे भने शामी पनि उत्कृस्ट थिए।”

भारतले आगामी खेल नोभेम्बर ८ तारिखमा नामिबिया बिरुद्ध खेल्नेछ। न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल नोभेम्बर ७ तारिखमा हुनेछ जुन खेलमा भारतको नजर हुनेछ। न्युजिल्यान्ड विजयी भए अफगानिस्तान र भारत प्रतियोगिताबाट बाहिर हुनेछ। अफगानिस्तान विजयी भए न्युजिल्यान्ड बाहिर हुनेछ भने भारत र अफगानिस्तान मध्ये नेट रन रेट उत्कृस्ट हुने टिम सेमीफाइनल पुग्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]