T20WC : आउट हुँदा हातले ब्याटलाई हिर्काउदा घाइते कनवेले फाइनल गुमाउने

टि-२० विश्वकपको आइतबार हुने फाइनल अघि न्युजिल्यान्ड टिमलाई ठूलो झट्का लागेको छ। टिमका विकेटकिपर ब्याट्सम्यान डेभोन कनवे दायाँ हातको चोटका कारण फाइनल खेल्न नसक्ने भएका छन्। यस्तै उनले विश्वपछि पछि हुने भारत बिरुद्ध सिरिज समेत गुमाउने छन्।

सेमीफाइनलमा बुधबार इंग्ल्यान्ड बिरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा महत्वपूर्ण ४६ रन बनाएका कनवेलाई उक्त खेलको क्रममा चोट लागेको थियो। उनले आउट भए लगत्तै आफ्नो हातले ब्याटमा हिर्काएका थिए। सानो गल्तिका कारण उनले विश्वकप फाइनलनै गुमाउनु पर्ने भएको छ।

“इंग्ल्यान्ड बिरुद्ध अबुधाबीमा सेमीफाइनलको क्रममा उनलाई चोट लागेको हो। एक्स-रे रिपोर्टका अनुसार उनको दायाँ हातेको पाँचौ मेटाकार्पल भाँचीएको छ।” न्युजिल्यान्ड क्रिकेटले ट्वीट मार्फत जानकारी गराएको छ।

“यस्तो समयमा टिम बाट बाहिर हुनु पर्दा उनि निराश छन्। न्युजिल्यान्डलागि खेल्न नपाउदा उनि जति निराश यतिबेला अरु छैनन्।” न्युजिल्यान्ड प्रशिक्षक ग्यारी स्टिडले बताएका छन्।

कनवेले जारि विश्वकपमा १०८.४ को स्ट्राइक रेटमा ६ खेलमा १२९ रन बनाएका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]