T20WC : आउट हुँदा हातले ब्याटलाई हिर्काउदा घाइते कनवेले फाइनल गुमाउने

२०७८ कार्तिक २६, शुक्रबार १७:०३

टि-२० विश्वकपको आइतबार हुने फाइनल अघि न्युजिल्यान्ड टिमलाई ठूलो झट्का लागेको छ। टिमका विकेटकिपर ब्याट्सम्यान डेभोन कनवे दायाँ हातको चोटका कारण फाइनल खेल्न नसक्ने भएका छन्। यस्तै उनले विश्वपछि पछि हुने भारत बिरुद्ध सिरिज समेत गुमाउने छन्।

सेमीफाइनलमा बुधबार इंग्ल्यान्ड बिरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा महत्वपूर्ण ४६ रन बनाएका कनवेलाई उक्त खेलको क्रममा चोट लागेको थियो। उनले आउट भए लगत्तै आफ्नो हातले ब्याटमा हिर्काएका थिए। सानो गल्तिका कारण उनले विश्वकप फाइनलनै गुमाउनु पर्ने भएको छ।

“इंग्ल्यान्ड बिरुद्ध अबुधाबीमा सेमीफाइनलको क्रममा उनलाई चोट लागेको हो। एक्स-रे रिपोर्टका अनुसार उनको दायाँ हातेको पाँचौ मेटाकार्पल भाँचीएको छ।” न्युजिल्यान्ड क्रिकेटले ट्वीट मार्फत जानकारी गराएको छ।

“यस्तो समयमा टिम बाट बाहिर हुनु पर्दा उनि निराश छन्। न्युजिल्यान्डलागि खेल्न नपाउदा उनि जति निराश यतिबेला अरु छैनन्।” न्युजिल्यान्ड प्रशिक्षक ग्यारी स्टिडले बताएका छन्।

कनवेले जारि विश्वकपमा १०८.४ को स्ट्राइक रेटमा ६ खेलमा १२९ रन बनाएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy