T20WC : फाइनलमा पराजय पछि न्युजिल्यान्ड कप्तान विलियमसनले के भने

टि-२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलियासंग ८ विकेटले पराजित हुँदा उपाधि जित्न चुकेपछि न्युजिल्यान्ड कप्तान केन विलियमसनले अस्ट्रेलियाको प्रदर्शनको तारिफ गर्दै आफ्नो टिमले हर सम्भव प्रयास गरेको बताएका छन्।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७४ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा भेटायो।

“हामीले जस्तो सुरुवात पायौं त्यसपछि साझेदारी विकास गर्दै राम्रो योगफल खडा गर्न उद्देश्य थियो। हामीले सोचेका थियौं कि प्रतिस्पर्धात्मक योगफल तयार गर्यौं। उक्त योगफललाई अस्ट्रेलियाले मात्र शानदार तरिकाले पछ्याउन सक्थ्यो। “हामीले हर सम्भव प्रयास गर्यौं। खेलाडीहरुले योजना अनुसार प्रदर्शन गरे। उनीहरुको प्रयास प्रति मलाई गर्व छ।”  विलियमसनले बताए।

“हामीले फाइनलमा आफ्नो उत्कृस्ट दियौं जुन अपर्याप्त रह्यो। फरक मैदानहरुमा खेल्दा हामीले आफुलाई सोहि अनुरुप ढाल्न सफल रह्यौं। तर अन्तिममा श्रेय अस्ट्रेलियालाई जान्छ जसले हामीलाई थोरै पनि मौका दिएनन्।”

“यो अभियान हाम्रो यही समाप्त भएको छ जसपछि हामि आगामी अभियानको लागि आफुलाई तयार गर्ने छौँ। जित र हार त खेलको हिस्सा नै हो। निराश छौँ कि हामीले उद्देश्य पुरा गर्न सकेनौ।”

पहिलो पटक टि-२० विश्वकपको फाइनल पुगेको न्युजिल्यान्डले सेमीफाइनलमा इंग्ल्यान्डई ५ विकेटले पराजित गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]