T20WC : फाइनलमा पराजय पछि न्युजिल्यान्ड कप्तान विलियमसनले के भने

२०७८ कार्तिक २९, सोमबार ००:२८

टि-२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलियासंग ८ विकेटले पराजित हुँदा उपाधि जित्न चुकेपछि न्युजिल्यान्ड कप्तान केन विलियमसनले अस्ट्रेलियाको प्रदर्शनको तारिफ गर्दै आफ्नो टिमले हर सम्भव प्रयास गरेको बताएका छन्।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७४ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा भेटायो।

“हामीले जस्तो सुरुवात पायौं त्यसपछि साझेदारी विकास गर्दै राम्रो योगफल खडा गर्न उद्देश्य थियो। हामीले सोचेका थियौं कि प्रतिस्पर्धात्मक योगफल तयार गर्यौं। उक्त योगफललाई अस्ट्रेलियाले मात्र शानदार तरिकाले पछ्याउन सक्थ्यो। “हामीले हर सम्भव प्रयास गर्यौं। खेलाडीहरुले योजना अनुसार प्रदर्शन गरे। उनीहरुको प्रयास प्रति मलाई गर्व छ।”  विलियमसनले बताए।

“हामीले फाइनलमा आफ्नो उत्कृस्ट दियौं जुन अपर्याप्त रह्यो। फरक मैदानहरुमा खेल्दा हामीले आफुलाई सोहि अनुरुप ढाल्न सफल रह्यौं। तर अन्तिममा श्रेय अस्ट्रेलियालाई जान्छ जसले हामीलाई थोरै पनि मौका दिएनन्।”

“यो अभियान हाम्रो यही समाप्त भएको छ जसपछि हामि आगामी अभियानको लागि आफुलाई तयार गर्ने छौँ। जित र हार त खेलको हिस्सा नै हो। निराश छौँ कि हामीले उद्देश्य पुरा गर्न सकेनौ।”

पहिलो पटक टि-२० विश्वकपको फाइनल पुगेको न्युजिल्यान्डले सेमीफाइनलमा इंग्ल्यान्डई ५ विकेटले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy