प्रदेश-२ यु-१९ छनोट : बिबेकले ६ विकेट लिंदा सप्तरीको दोश्रो जित

चन्दनकुमार यादब, राजबिराज २९

राैतहटमा जारी प्रदेश-२ स्तरिय वाईवाई यु-१९ एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा धनुषालाई २६ रनले पराजित गर्दै सप्तरीले दोश्रो जित हाँसिल गरेको छ।

राैतहटकाे राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० विकेट गुमाई १ सय २५ रनकाे याेगफल खडा गरेको थियो। सप्तरीको लागि पप्पु यादबले २८ रन, अजय यादबले १८ तथा बिवेक यादबले १२ रन जाेडेका थिए । बलिँग तर्फ धनुषाका रूपेश यादबले ३ तथा श्यामन राय २ तथा राेहन यादबले समान १/१ विकेट हात पारे।

प्रतिउतरमा धनुषाले ३० ओभरमा ९९ रन मै सिमित भएपछि सप्तरीले २६ रनको जित हात पारेकाे हाे। धनुषाका मनाेज यादब १३, रूपेश यादब १२ र श्यामन यादब १० रन जाेडे पनि जितका लागि पर्याप्त भएन।

सप्तरीलाई जिताउन प्लेयर अफ द म्याच समेत चुनिएका बिवेक यादबले घातक बलिँग गर्दै ६ ओभरमा २८ रन खर्चे ६ विकेट हात पारे। यसैगरी सप्तरीका बलर नितेश यादब र अजय यादबले पनि समान २/२ विकेट हात पारे।

प्रतियोगितामा पर्सा, बारा, धनुषा, सप्तरी, रौताहर, सर्लाही, महोत्तरी र सिराहा गरि ८ जिल्लाका टोलि सहभागी छन्।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]