यु-१९ बागमती प्रदेश छनोट : चितवन र नुवाकोट विजयी

बागमती प्रदेश अन्डर-१९ छनोट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा नुवाकोट र चितवनले जित दर्ता गरेका छन्।

मुलपानी क्रिकेट मैदान ( २ ) मा सम्पन्न खेलमा नुवाकोटले मकवानपुरलाई ६ विकेटले पराजित गर्यो। मकवानपुरले दिएको ११६ रनको लक्ष्य नुवाकोटले ४ विकेट क्षेतीमा २३.१ ओभरमा भेटायो।

नुवाकोटको लागि प्लेयर अफ द म्याच चुनिएका अशोक पौडेलले ३ विकेट लिनुको साथै अविजित २३ रन पनि बनाए। यस्तै नुवाकोट बलर रोशन विश्वकर्माले ४ विकेट लिए भने ब्याटिंगमा अमिक कुमालले २८, अमृत थापाले २७ तथा आयुष बस्नेतले १९ रन बनाए।

मुलपानी मैदान ( १ ) मा सम्पन्न दिनको दोश्रो खेलमा चितवनले काठमाडौँलाई रनले पराजित गर्यो। चितवनले दिएको २३३ रनको लक्ष्य पछ्याएको काठमाडौँले पुरै ४० ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २३० रन मात्र बनाउन सक्यो।

चितवनको जितमा प्लेयर अफ द म्याच चुनिएका बिशाल यादवले ४ विकेट लिए भने ब्याटिंगमा स्वप्निल सिंह अधिकारीले ६७ तथा आर्जित भण्डारीले ५७ रन बनाए। काठमाडौँका ब्याट्सम्यान बिपिन शाहीले ८२, उत्तम थापा मगरले ५८ तथा नबिन तामांगले २३ रन बनाए भने बलिंगतर्फ कौशल रुपाखेतीले ४ तथा प्रतिश जिसी र पियुष केसीले समान २ विकेट लिए।

प्रतियोगिता ६ वटा टिम सहभागी छन् जसमध्ये ललितपुर, चितवन र काठमाडौँ समुह ‘ए’ मा छन् भने नुवाकोट, भक्तपुर र मकवानपुर समुह ‘बि’ मा छन्। 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]