यु-१९ बागमती प्रदेश छनोट : चितवन र नुवाकोट विजयी

बागमती प्रदेश अन्डर-१९ छनोट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा नुवाकोट र चितवनले जित दर्ता गरेका छन्।

मुलपानी क्रिकेट मैदान ( २ ) मा सम्पन्न खेलमा नुवाकोटले मकवानपुरलाई ६ विकेटले पराजित गर्यो। मकवानपुरले दिएको ११६ रनको लक्ष्य नुवाकोटले ४ विकेट क्षेतीमा २३.१ ओभरमा भेटायो।

नुवाकोटको लागि प्लेयर अफ द म्याच चुनिएका अशोक पौडेलले ३ विकेट लिनुको साथै अविजित २३ रन पनि बनाए। यस्तै नुवाकोट बलर रोशन विश्वकर्माले ४ विकेट लिए भने ब्याटिंगमा अमिक कुमालले २८, अमृत थापाले २७ तथा आयुष बस्नेतले १९ रन बनाए।

मुलपानी मैदान ( १ ) मा सम्पन्न दिनको दोश्रो खेलमा चितवनले काठमाडौँलाई रनले पराजित गर्यो। चितवनले दिएको २३३ रनको लक्ष्य पछ्याएको काठमाडौँले पुरै ४० ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २३० रन मात्र बनाउन सक्यो।

चितवनको जितमा प्लेयर अफ द म्याच चुनिएका बिशाल यादवले ४ विकेट लिए भने ब्याटिंगमा स्वप्निल सिंह अधिकारीले ६७ तथा आर्जित भण्डारीले ५७ रन बनाए। काठमाडौँका ब्याट्सम्यान बिपिन शाहीले ८२, उत्तम थापा मगरले ५८ तथा नबिन तामांगले २३ रन बनाए भने बलिंगतर्फ कौशल रुपाखेतीले ४ तथा प्रतिश जिसी र पियुष केसीले समान २ विकेट लिए।

प्रतियोगिता ६ वटा टिम सहभागी छन् जसमध्ये ललितपुर, चितवन र काठमाडौँ समुह ‘ए’ मा छन् भने नुवाकोट, भक्तपुर र मकवानपुर समुह ‘बि’ मा छन्। 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy