प्रदेश-२ यु १९ छनोट : चौथो दिनको खेलमा पर्सा र रौतहट विजयी

३० कार्तिक, गौर

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको चौथो दिन पर्साले धनुषालाई ५० रनले तथा रौतहटले महोतरीलाई ६ विकेटले पराजित गरेको छ ।

पिप्रा मैदानमा भएको खेलमा पर्साले टस जिति पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ३० ओभर २ बलमा सम्पुर्ण विकेट गुमाई १ सय ५४ रनको योगफल तयार  पारेको थियो । पर्साका लागि अलफाज मंसुरीले ३६, असाव हुसैन २२, तथा इमरान शेख र समिर अख्तरले सामान १४ रनको योगदान दिए । बलिंग तर्फ धनुषाका अभिजित मण्डलले ३, तथा रोहन यादव, मयन यादव र सायमन रायले सामान २ विकेट लिए।

१ सय ५५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको धनुषा २८ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाई १ सय ४ रनमै समेटियो । धनुषाका लागि बिक्रान्त यादव २१, सायमन राय २० तथा नयन यादवले १८ रनको योगदान दिए । बलिंगतर्फ पर्साका सोनु शर्माले ४ तथा समसाद मन्सुरी र अनुज चौहानले सामान २ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच पर्साका सोनु शर्मा घोषित भए।

आजै गौरको मिल्स मैदानमा भएको अर्को खेलमा महोतरीले टस जिती पहिलो ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाई १ सय ५ रनमै समेटिएको थियो । महोतरीका लागि अरुण मण्डलले ३५ बलमा ६ चौका मद्धतले अविजित रहि ५३ रनको योगदान दिएका थिए भने मण्डल बाहेक अभिशेक तिवारी १३ रनले मात्र दोहोरो अंक छोए । बलिंगतर्फ रौतहटका राजेश यादव, नरेश साह र सन्नी साहले सामान ३ विकेट लिए।

१ सय ६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले उक्त लक्ष्य २८ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो। रौतहटका लागि राज पटेल र करन साहले अविजित रहि क्रमश ३३ र २० रनको योगदान दिए भने अचल चौधरीले २५ रनको योगदान दिए । बलिंग तर्फ महोतरीका जेम्स मण्डलले २ तथा अफजल मंसुरले १ विकेट लिए।

खेलको म्यान अफ द म्याच रौतहटका नरेश साह घोषित भए।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन अर्थात बुधवार पर्सा र सप्तरी तथा सिरहा र महोतरी बिच हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]