३० कार्तिक, गौर
रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको चौथो दिन पर्साले धनुषालाई ५० रनले तथा रौतहटले महोतरीलाई ६ विकेटले पराजित गरेको छ ।
पिप्रा मैदानमा भएको खेलमा पर्साले टस जिति पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ३० ओभर २ बलमा सम्पुर्ण विकेट गुमाई १ सय ५४ रनको योगफल तयार पारेको थियो । पर्साका लागि अलफाज मंसुरीले ३६, असाव हुसैन २२, तथा इमरान शेख र समिर अख्तरले सामान १४ रनको योगदान दिए । बलिंग तर्फ धनुषाका अभिजित मण्डलले ३, तथा रोहन यादव, मयन यादव र सायमन रायले सामान २ विकेट लिए।
१ सय ५५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको धनुषा २८ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाई १ सय ४ रनमै समेटियो । धनुषाका लागि बिक्रान्त यादव २१, सायमन राय २० तथा नयन यादवले १८ रनको योगदान दिए । बलिंगतर्फ पर्साका सोनु शर्माले ४ तथा समसाद मन्सुरी र अनुज चौहानले सामान २ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच पर्साका सोनु शर्मा घोषित भए।
आजै गौरको मिल्स मैदानमा भएको अर्को खेलमा महोतरीले टस जिती पहिलो ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाई १ सय ५ रनमै समेटिएको थियो । महोतरीका लागि अरुण मण्डलले ३५ बलमा ६ चौका मद्धतले अविजित रहि ५३ रनको योगदान दिएका थिए भने मण्डल बाहेक अभिशेक तिवारी १३ रनले मात्र दोहोरो अंक छोए । बलिंगतर्फ रौतहटका राजेश यादव, नरेश साह र सन्नी साहले सामान ३ विकेट लिए।
१ सय ६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले उक्त लक्ष्य २८ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो। रौतहटका लागि राज पटेल र करन साहले अविजित रहि क्रमश ३३ र २० रनको योगदान दिए भने अचल चौधरीले २५ रनको योगदान दिए । बलिंग तर्फ महोतरीका जेम्स मण्डलले २ तथा अफजल मंसुरले १ विकेट लिए।
खेलको म्यान अफ द म्याच रौतहटका नरेश साह घोषित भए।
प्रतियोगिता अन्तर्गत पाँचौ दिन अर्थात बुधवार पर्सा र सप्तरी तथा सिरहा र महोतरी बिच हुनेछ ।