कतार बिरुद्ध दोश्रो खेल आज, नेपाललाई इतिहास रच्ने अवसर

नोभेम्बर २२ तारिख देखि युएईमा सुरु हुने टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारी स्वरूप कतार भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आयोजक कतारसंग तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल आज बुधबार खेल्दैछ।

खेल नेपाली समय ३:४५ बजे दिउसो कतारको दोहा स्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा खेलिनेछ।

आजको खेलमा नेपाल विजयी भए नेपाली महिला क्रिकेट टिमले जितेको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ। नेपालले हालसम्म कुनै पनि टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता या सिरिज जितेको इतिहास छैन।

पहिलो खेलमा नेपालले आयोजक कतारलाई ११९ रनको रेकर्ड अन्तरले पराजित गरेको थियो। उक्त जित नेपालको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै विशाल रन अन्तरको जित हो।

मंगलबार सम्पन्न खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतारले २७ रन मात्र बनाएको थियो। नेपालको लागि ब्याटिंगतर्फ इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा इन्दु बर्माले ५५ रन तथा सिता राना मगरले ३९ र सरिता मगरले २१ रन बनाईन्। बलिंगमा कप्तान रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सिता राना मगरले समान २ विकेट हात पारे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]