हरपुर च्याम्पियन्स ट्रफि : प्रदेश २ को विजयी शुरुवात

३ मंसिर, बारा ।

बाराको हरपुरमा आयोजना गरिएको हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्तर्गतको पहिलो खेलमा प्रदेश २ ले बागमति प्रदेशलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

बागमति प्रदेशले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा हरिशंकर शाहको घातक बलिंग सामु निरिह हुदै ८ विकेटको नोक्सानीमा १ सय ४ रनमै समेटिएको थियो । हरिशंकर साहले आफनो ४ ओभरको स्पेलमा २१ रन दिई महत्वुर्ण ५ विकेट लिएका थिए भने उनलाई बिशाल सुस्लिंग २ र कुमार थापा १ ले साथ दिए । बागमतिका लागि दुर्गेश थापाले २० तथा शुभ कन्सकरले १९ रन बनाएभने रामनरेश गिरी र सुर्य तामांग क्रमश : १८ र १६ रनमा नटआउट रहे ।

१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको प्रदेश २ ले उक्त लक्ष्य १८ ओभर ३ बलमा भेटाएका थिए । प्रदेश २ का लागि हरिशंकर साहले अलराउण्ड प्रर्दशन गर्दै ३२ रनको योगदान दिएका थिए भने सुधिर चौधरी नटआउट रहि २८ तथा नसरुदिन अंसारीले १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ बागमतिका बिपिन आचार्यले २ तथा रिजन ढकाल र सोनु देवकोटाले सामान १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच प्रदेश २ का अलराउण्ड प्रर्दशन गरे वापत हरिशंकर साह भए ।

प्रतियोगितामा प्रदेश नं. १, २, ४, ५ लगायत नेपाल आर्मि, शसस्त्र प्रहरि तथा नेपाल प्रहरि लगायतको टोलिको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेल प्रदेश नं. ३ ले प्रदेश नं. १ संग खेल्नेछ भने दोश्रो खेल प्रदेश २ ले नेपाल प्रहरीसंग खेल्नेछ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]