हरपुर च्याम्पियन्स ट्रफि : प्रदेश २ को विजयी शुरुवात

२०७८ मंसिर ३, शुक्रबार २२:२१

३ मंसिर, बारा ।

बाराको हरपुरमा आयोजना गरिएको हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्तर्गतको पहिलो खेलमा प्रदेश २ ले बागमति प्रदेशलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

बागमति प्रदेशले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा हरिशंकर शाहको घातक बलिंग सामु निरिह हुदै ८ विकेटको नोक्सानीमा १ सय ४ रनमै समेटिएको थियो । हरिशंकर साहले आफनो ४ ओभरको स्पेलमा २१ रन दिई महत्वुर्ण ५ विकेट लिएका थिए भने उनलाई बिशाल सुस्लिंग २ र कुमार थापा १ ले साथ दिए । बागमतिका लागि दुर्गेश थापाले २० तथा शुभ कन्सकरले १९ रन बनाएभने रामनरेश गिरी र सुर्य तामांग क्रमश : १८ र १६ रनमा नटआउट रहे ।

१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको प्रदेश २ ले उक्त लक्ष्य १८ ओभर ३ बलमा भेटाएका थिए । प्रदेश २ का लागि हरिशंकर साहले अलराउण्ड प्रर्दशन गर्दै ३२ रनको योगदान दिएका थिए भने सुधिर चौधरी नटआउट रहि २८ तथा नसरुदिन अंसारीले १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ बागमतिका बिपिन आचार्यले २ तथा रिजन ढकाल र सोनु देवकोटाले सामान १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच प्रदेश २ का अलराउण्ड प्रर्दशन गरे वापत हरिशंकर साह भए ।

प्रतियोगितामा प्रदेश नं. १, २, ४, ५ लगायत नेपाल आर्मि, शसस्त्र प्रहरि तथा नेपाल प्रहरि लगायतको टोलिको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेल प्रदेश नं. ३ ले प्रदेश नं. १ संग खेल्नेछ भने दोश्रो खेल प्रदेश २ ले नेपाल प्रहरीसंग खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy