हरपुर च्याम्पियन्स ट्रफि : हासिम अंसारी चम्किदा प्रदेश-२ विजयी

५ मंसिर, बारा ।

बाराको हरपुरमा आयोेजित हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्तर्गतको तेश्रो दिनको खेलमा हासिम अंसारीको उत्कृष्ट ब्याटिंगले प्रदेश नं. २ ले प्रदेश नं. १ लाई ३ विकेटले पराजित गर्दै सेमिफाइनमा आफनो स्थान पक्का गरेको छ ।

हरपुर क्रिकेट मैदानमा प्रदेश नं. १ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाई १०२ रन मात्र जोडन सकेका थिए । प्रदेश नं. १ लाई सस्तोमा समेटन प्रदेश २ का तर्फबाट किर्तिमानी खेलाडि महवुव आलमले उत्कृष्ट बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा ९ रन दिई महत्वपुर्ण २ विकेट लिएका थिए भने सैफुल्लाह अंसारी, रुपेश सिंह, कुमार थापा र बिशाल शुसलिंगले सामान १ बिकेट लिएका थिए । प्रदेश नं. १ का लागि समिर कार्कि र श्रवण यादवले नटआउट रहि क्रमशः २५ र १८ रनको योगदान दिएका थिए भने मुकुन्द यादवले २२, बिधान गोश्वामीले २० तथा सिद्धान्त लोहनीले १२ रनको योगदान दिएका थिए ।

१ सय ३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको प्रदेश नं. २ ले उक्त लक्ष्य १८ ओभर ३ बलमा पुरा गरेका थिए । जसमा हासिम अंसारीले उत्कृष्ट ब्याटिंग गर्दै ५० बलमा ५ चौक्काको मद्धतले नटआउट रहि ५४ रनको योगदान दिएका थिए भने उनालाई नसरुदिन अंसारी र सुरज प्रसाद कुर्मि क्रमश ः १३ र ११ ले साथ दिएका थिए । बलिंग तर्फ प्रदेश नं. १ का लागि मुकुन्द यादव र सिद्धान्त लोहनीले सामान २ तथा जोशक खडका, श्रवण यादव र मिनाश थापाले सामान २ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत प्रदेश नं. १ का हासिम अंसारी भएका थिए ।

प्रतियोगितामा प्रदेश नं. १, २, ४, ५ लगायत नेपाल आर्मि, शसस्त्र प्रहरि तथा नेपाल प्रहरि लगायतको टोलिको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ ले आफनो सेमिफाईनल अगामि मंसिर १० गते खेल्नेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]