प्रदेश-२ यु-१९ छनोट : डब्लु चम्किंदा , रौतहट सेमीफाइनलमा

५ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको नवौं दिन रौतहटले सर्लाहिलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा आफनो स्थान सुरक्षित गरेको छ ।

गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ३० रनमै समेटिएको थियो । सर्लाहिका लागि बिवेक कुमार ठाकुर ३५, बिशाल पटेलले १८, आशुतोष यादव र अमित कुमार महतोले सामान १३ रनको योगदान दिए। बलिंग तर्फ रौतहटका लागि राजेश यादव र नितेश यादवले सामान ३ विकेट लिए  भने बिराज चालिसेले २ तथा चन्दन ठाकुर र शन्नी साहले सामान १ विकेट लिए ।

१ सय ३१ रनको लक्ष्य लिई मैदान ओर्लेको रौतहटले उक्त लक्ष्य सजिलै २६औं ओभरमा ४ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो। रौतहटका लागि डब्लु मल्लिकले ७९ बलमा १० चौक्काको मद्धतले नटआउट रहि ५४ रनको योगदान दिए भने शन्नि साहले २७ तथा राज पटेलले १२ रनको योगदान दिए । बलिंगतर्फ सर्लाहिका बिशाल पटेलले २ तथा गुल्शन झा र सार्थक न्यौपानेले सामान १ विकेट लिए ।

खेलको म्याच अफ द म्याच रौतहटका डब्लु मल्लिक भएका थिए।

प्रतियोगिता अन्तर्गत सोमवार पहिलो सेमिफाईनल सिरहा र सप्तरी बिच हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]