प्रदेश-२ यु-१९ छनोट : डब्लु चम्किंदा , रौतहट सेमीफाइनलमा

२०७८ मंसिर ५, आईतवार २२:०७

५ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको नवौं दिन रौतहटले सर्लाहिलाई ६ विकेटले पराजित गर्दै सेमिफाईनलमा आफनो स्थान सुरक्षित गरेको छ ।

गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ३० रनमै समेटिएको थियो । सर्लाहिका लागि बिवेक कुमार ठाकुर ३५, बिशाल पटेलले १८, आशुतोष यादव र अमित कुमार महतोले सामान १३ रनको योगदान दिए। बलिंग तर्फ रौतहटका लागि राजेश यादव र नितेश यादवले सामान ३ विकेट लिए  भने बिराज चालिसेले २ तथा चन्दन ठाकुर र शन्नी साहले सामान १ विकेट लिए ।

१ सय ३१ रनको लक्ष्य लिई मैदान ओर्लेको रौतहटले उक्त लक्ष्य सजिलै २६औं ओभरमा ४ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो। रौतहटका लागि डब्लु मल्लिकले ७९ बलमा १० चौक्काको मद्धतले नटआउट रहि ५४ रनको योगदान दिए भने शन्नि साहले २७ तथा राज पटेलले १२ रनको योगदान दिए । बलिंगतर्फ सर्लाहिका बिशाल पटेलले २ तथा गुल्शन झा र सार्थक न्यौपानेले सामान १ विकेट लिए ।

खेलको म्याच अफ द म्याच रौतहटका डब्लु मल्लिक भएका थिए।

प्रतियोगिता अन्तर्गत सोमवार पहिलो सेमिफाईनल सिरहा र सप्तरी बिच हुनेछ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy