सनसनीपूर्ण खेलमा पाकिस्तानद्वारा बंगलादेश पराजित

तेश्रो खेलमा घरेलु टोलि बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तिन वटा खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज क्लिन स्विप गरेको छ।

शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट क्षेतीमा अन्तिम बलमा भेटायो।

जितको लागि पाकिस्तानलाई अन्तिम ओभरमा ८ रन आवस्यक रहंदा महमुदुल्लाहले पहिलो बलमा रन नदिंदै दोश्रो बलमा सरफराज एहमद र तेश्रो बलमा हैदर अलिको ठूलो विकेट लिएका थिए।चौंथो बलमा इफ्तिखार एहमदले छक्का प्रहार गरे  जसपछि जित्न २ बलमा २ रन चाहियो। पाँचौ बलमा इफ्तिखारलाई महमुदुल्लाहले क्याच आउट पारे। अन्तिम बलमा २ रन आवस्यक हुँदा मोहम्मद नवाजले चौका प्रहार गर्दै सनसनीपूर्ण जित दिलाए।

पाकिस्तानको लागि हैदर अलिले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद रिजवानले ४३ बलमा २ चौका र १ छक्का मद्दतले ४० रन बनाए। कप्तान बाबर आजमले १९ रन बनाए। बंगलादेश बलर महमुदुल्लाहले ३ विकेट ( १-०-१०-३ ) तथा अमिनुल इश्लाम ( ४-०-२६-१ ) र शाहिदुल इस्लाम ( ३.५-०-३३-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १२४ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ४७ रन, शमिम होसेनले २२ रन, अफिफ होसेनले २० रन तथा महमुदुल्लाहले १३ रन बनाए।

पाकिस्तान बलर मोहम्मद वासिम ( ४-०-१५-२ ) र उस्मान कादिर ( ४-०-३५-२ ) ले समान २ विकेट तथा शाहनवाज दहानी ( ३-०-२४-१ ) र हरिस रौफले ( ४-०-३२-१ ) समान एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हैदर अलि चुनिए भने मोहम्मद रिजवान प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। सिरिजको पहिलो र दोश्रो खेल पाकिस्तानले ४ विकेट र ८ विकेटले जितेको थियो। दुई देश बीच अब नोभेम्बर २६ तारिख देखि दुई वटा टेस्टको सिरिज खेलिनेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]