सनसनीपूर्ण खेलमा पाकिस्तानद्वारा बंगलादेश पराजित

२०७८ मंसिर ६, सोमबार २०:४०

तेश्रो खेलमा घरेलु टोलि बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तिन वटा खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज क्लिन स्विप गरेको छ।

शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट क्षेतीमा अन्तिम बलमा भेटायो।

जितको लागि पाकिस्तानलाई अन्तिम ओभरमा ८ रन आवस्यक रहंदा महमुदुल्लाहले पहिलो बलमा रन नदिंदै दोश्रो बलमा सरफराज एहमद र तेश्रो बलमा हैदर अलिको ठूलो विकेट लिएका थिए।चौंथो बलमा इफ्तिखार एहमदले छक्का प्रहार गरे  जसपछि जित्न २ बलमा २ रन चाहियो। पाँचौ बलमा इफ्तिखारलाई महमुदुल्लाहले क्याच आउट पारे। अन्तिम बलमा २ रन आवस्यक हुँदा मोहम्मद नवाजले चौका प्रहार गर्दै सनसनीपूर्ण जित दिलाए।

पाकिस्तानको लागि हैदर अलिले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद रिजवानले ४३ बलमा २ चौका र १ छक्का मद्दतले ४० रन बनाए। कप्तान बाबर आजमले १९ रन बनाए। बंगलादेश बलर महमुदुल्लाहले ३ विकेट ( १-०-१०-३ ) तथा अमिनुल इश्लाम ( ४-०-२६-१ ) र शाहिदुल इस्लाम ( ३.५-०-३३-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १२४ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ४७ रन, शमिम होसेनले २२ रन, अफिफ होसेनले २० रन तथा महमुदुल्लाहले १३ रन बनाए।

पाकिस्तान बलर मोहम्मद वासिम ( ४-०-१५-२ ) र उस्मान कादिर ( ४-०-३५-२ ) ले समान २ विकेट तथा शाहनवाज दहानी ( ३-०-२४-१ ) र हरिस रौफले ( ४-०-३२-१ ) समान एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हैदर अलि चुनिए भने मोहम्मद रिजवान प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। सिरिजको पहिलो र दोश्रो खेल पाकिस्तानले ४ विकेट र ८ विकेटले जितेको थियो। दुई देश बीच अब नोभेम्बर २६ तारिख देखि दुई वटा टेस्टको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy