सनसनीपूर्ण खेलमा बागमतीद्वारा कर्णाली १ विकेटले पराजित

सनसनीपूर्ण खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी यु-१९ राष्ट्रिय प्रतियोगितामा पाँचौ खेल खेल्दा दोश्रो जित दर्ता गरेको छ। कर्णाली प्रदेशले ५ खेल खेल्दा चौंथो हार बेहोर्न पुगेको छ।

मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य बागमतीले ९ विकेट क्षेतीमा १९.५ ओभरमा भेटायो। बागमतीको लागि बिबेक मगरले सर्वाधिक १८ रन, कृष् कार्कीले १२ रन, उत्तम मगरले ११ रन, बिपिन शाहीले ८ रन तथा गौतम केसीले अविजित ७ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अनुज चनाराले सुरुवाती ३ विकेट लिंदा बागमतीले २७ रनमा ४ विकेट गुमायो। पहिलो ओभरमा चनाराले २ विकेट लिए। पाँचौ विकेटको लागि बिबेकले स्वप्निल अधिकारीसंग १९ रन जोडे। स्वप्निल एघारौं ओभरमा चनारा बाट बोल्ड भएपछि बिबेकले चैथें विकेटको लागि उत्तम मगरसंग १४ रन जोडे। १६ औं ओभरमा मगर आउट भएपछि लगत्तै ओभरमा बिबेक आउट भए। ६६/७ को अवस्थाबाट जित्न ४ रन बाँकी हुँदा कृष कार्कीलाई चनाराले क्याच आउट गरे। जित्न ३ रन बाँकी रहंदा बिपुल खनाल रन आउट हुन पुगे। लगत्तै बलमा गौतम केसीले छक्का प्रहार गर्दै बागमतीलाई रोमान्चक जित दिलाए।

कर्णालीको बलिंगमा अनुज चनाराले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३७ रन खर्चिए। प्रकाश जैसी, युनिष सिंह र सुवास ऐयरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कर्णालीले २७.१ ओभरमा ७८ रनमै समेटिएको थियो। कप्तान निश्चल रावलले १५, सन्दिप शाहीले १४ बिपिन रावलले १२ तथा रुपक दाहालले १० रन बनाउनु बाहेक अन्य कर्णालीका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमती प्रदेशका दायाँ हाते फास्ट बलर गौतम केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६.१ ओभरमा ३ मेडन ओभर गर्दै १० रन खर्चिए। बिशाल यादवले ३ विकेट ( ५-३-११-३ ) लिए भने कृष कार्कीले २ विकेट ( २-०-१०-२ ) र बिपुल खनालले १ विकेट ( ५-०-१७-१ ) लिए।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]