U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ।

लिग चरणमा ६ खेल खेल्दा सुदूरपश्चिमले ४ जित र २ हार पछि ८ अंक सहित दोश्रो स्थानमा रह्यो। लुम्बिनी ६ खेलमा ५ जित र १ हार पछि १० अंक सहित पहिलो स्थानमा रह्यो। यस अघिनै लुम्बिनी प्रदेश फाइनल पुगीसकेको छ। उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम आइतबार प्रतिस्पर्धा गर्नेछन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २ विकेट क्षेतीमा २३.१ ओभरमा भेटायो।

सुदूरपश्चिमको लागि नरेन भट्टले सर्वाधिक ३७ रन बनाए जुन क्रममा ५८ बलमा ६ चौका प्रहार गरे। यस्तै राहुल भण्डारीले ३९ बलमा ५ चौका मद्दतले ३१ रन बनाए। बागमतीका बलर प्रतिश जिसी र गौतम केसीले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बागमतीले ३०.१ ओभरमा ९५ रन मात्र बनाएको थियो। उसको लागि बिबेक मगरले सर्वाधिक ३२ रन, कृष कार्कीले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। छैठौं विकेटको लागि बिबेक र क्रिस बीचको ३६ रनको साझेदारी इनिंग्समा सर्वाधिक साझेदारी रह्यो। बागमतीले पहिलो ५ विकेट २६ रनमा गुमाएको थियो र सबै ५ विकेट हेमन्त धामीले लिएका थिए। त्यसपछिको सबै विकेट स्पिनर शेर मल्लले लिए।

सुदूरपश्चिमको बलिंगमा दायाँ हाते पेसर हेमन्त धामीले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिए। अफ स्पिनर शेर मल्लले ४ विकेट लिए जुन क्रममा ५.१ ओभरमा ३१ रन खर्चे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]