U19 Asia Cup : नेपालको पहिलो खेल बंगलादेशसंग शारजाहमा

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने अन्डर-१९ एसिया कप डिसेम्बर २३ तारिख देखि युएईमा सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।

एकदिवसीय फर्म्याटमा खेलिने प्रतियोगितामा नेपाल, युएई र कुवेत बाहेक अन्य ५ एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्।

नेपाल रहेको समुह ‘बि’ यु-१९ विश्वकप डिफेन्डिङ च्याम्पियन बंगलादेश सहित श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन्। समुह चरणमा आफ्न समुहमा सबै ४ टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछ।

समुह चरणमा नेपालले पहिलो खेल बंगलादेशसंग २३ डिसेम्बरमा, दोश्रो खेल श्रीलंकासंग २६ डिसेम्बरमा तथा कुवेतसंग २८ डिसेम्बरमा खेल्ने तालिका छ। खेलहरु नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ। नेपाल र समुह ‘बि’ क सबै टिमले सम्पूर्ण खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलेछ। समुह ‘ए’ को सबै खेलहरु दुबई स्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा खेलिनेछ। प्रतियोगिताको दुवै सेमीफाइनल ३० डिसेम्बरमा तथा फाइनल खेल जनवरी १ तारिखमा खेलिनेछ।

२०१९ मा श्रीलंका आयोजित यु-१९ एसिया कपको पछिल्लो संस्करणमा नेपाल पहिलो चरणमा श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो भने युएईसंग एउटा जित दर्ता गर्दा समुह चरणबाट बाहिर भएको थियो। यस पटक पनि श्रीलंका र बंगलादेशनै नेपालको समुहमा रहंदा सेमीफाइनल पुग्न युएईसंगै कम्तिमा दुई टेस्ट राष्ट्र मध्ये एउटा टिमलाई पराजित गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन् नेपाल डिसेम्बर २० तारिखमा युएई प्रस्थान गर्ने क्यान श्रोतले बताएको छ। टिम युएईमा एक दिन क्वारेन्टाइन बस्नेछ जुन दौरान खेलाडीहरुको कोभिड-१९ टेस्ट हुनेछ। डिसेम्बर २२ तारिखमा टिमले अभ्यास गर्नेछ।

प्रतियोगिताको लागि नेपालले तयारी सुरु गरिसकेको छ। क्यानले २० सदस्यीय टिमको घोषणा गर्दै बुधबार देखि बन्द प्रशिक्षण सुरु गरेको हो। युएई जानु अघि नेपालले १५ सदस्यीय टिमको घोषणा गर्नेछ।

२० सदस्यीय नेपाली टिम :
देव खनाल, मोहम्मद हुसेन, बसिर एहमद, सन्तोष कार्की, बिबेक यादव, बिबेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, बिपिन शाही, आदील अन्सारी





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]