U19 Asia Cup : नेपालको पहिलो खेल बंगलादेशसंग शारजाहमा

२०७८ मंसिर २४, शुक्रबार १०:०४

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले आयोजना गर्ने अन्डर-१९ एसिया कप डिसेम्बर २३ तारिख देखि युएईमा सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।

एकदिवसीय फर्म्याटमा खेलिने प्रतियोगितामा नेपाल, युएई र कुवेत बाहेक अन्य ५ एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्।

नेपाल रहेको समुह ‘बि’ यु-१९ विश्वकप डिफेन्डिङ च्याम्पियन बंगलादेश सहित श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन्। समुह चरणमा आफ्न समुहमा सबै ४ टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछ।

समुह चरणमा नेपालले पहिलो खेल बंगलादेशसंग २३ डिसेम्बरमा, दोश्रो खेल श्रीलंकासंग २६ डिसेम्बरमा तथा कुवेतसंग २८ डिसेम्बरमा खेल्ने तालिका छ। खेलहरु नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ। नेपाल र समुह ‘बि’ क सबै टिमले सम्पूर्ण खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलेछ। समुह ‘ए’ को सबै खेलहरु दुबई स्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा खेलिनेछ। प्रतियोगिताको दुवै सेमीफाइनल ३० डिसेम्बरमा तथा फाइनल खेल जनवरी १ तारिखमा खेलिनेछ।

२०१९ मा श्रीलंका आयोजित यु-१९ एसिया कपको पछिल्लो संस्करणमा नेपाल पहिलो चरणमा श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो भने युएईसंग एउटा जित दर्ता गर्दा समुह चरणबाट बाहिर भएको थियो। यस पटक पनि श्रीलंका र बंगलादेशनै नेपालको समुहमा रहंदा सेमीफाइनल पुग्न युएईसंगै कम्तिमा दुई टेस्ट राष्ट्र मध्ये एउटा टिमलाई पराजित गर्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन् नेपाल डिसेम्बर २० तारिखमा युएई प्रस्थान गर्ने क्यान श्रोतले बताएको छ। टिम युएईमा एक दिन क्वारेन्टाइन बस्नेछ जुन दौरान खेलाडीहरुको कोभिड-१९ टेस्ट हुनेछ। डिसेम्बर २२ तारिखमा टिमले अभ्यास गर्नेछ।

प्रतियोगिताको लागि नेपालले तयारी सुरु गरिसकेको छ। क्यानले २० सदस्यीय टिमको घोषणा गर्दै बुधबार देखि बन्द प्रशिक्षण सुरु गरेको हो। युएई जानु अघि नेपालले १५ सदस्यीय टिमको घोषणा गर्नेछ।

२० सदस्यीय नेपाली टिम :
देव खनाल, मोहम्मद हुसेन, बसिर एहमद, सन्तोष कार्की, बिबेक यादव, बिबेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, बिपिन शाही, आदील अन्सारी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy