PM Cup Women’s : दोश्रो जित पछि लुम्बिनी सेमीफाइनलमा

कर्णाली प्रदेशलाई पराजित गर्दै लगातार दोश्रो जितको साथ लुम्बिनी प्रदेश धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेको छ। पहिलो खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो। कर्णालीको यो दोश्रो हार हो जो पहिलो खेलमा प्रदेश-१ संग १६० रनले पराजित भएको थियो।

फाप्ला मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १८ रनको सामान्य लक्ष्य लुम्बिनीले। हुस्सुको कारण खेल ढिला भएकाले ६ ओभरमा झारिएको थियो। लुम्बिनीको लागि लक्ष्मी चौधरीले १२ तथा नेरी थापाले ५ रन बनाईन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको कर्णाली प्रदेशले निरधारित ६ ओभरमा ३ विकेट क्षेतीमा १७ रन बनाएको थियो।

कर्णालीको लागि कप्तान आयुषा टन्डन र दिक्ष्या पुरीले समान ७ रन योगदान दिए। दुवैले चौंथो विकेटको लागि अविजित ११ रनको साझेदारी गरे। लुम्बिनीको बलिंगमा सुष्मिता भुषालले २ ( २-१-३-२ ) तथा नेरी थापाले १ विकेट ( २-०-६-१ ) हात पारिन्।

समुह ‘ए’ अन्तर्गत आजै हुने प्रदेश-१ र बागमती प्रदेश बीचको खेलमा प्रदेश-१ विजयी भए सेमीफाइनल पुग्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]