महिला प्रधानमन्त्रीकपको सेमीफाइनल समीकरण पुरा

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

समुह ‘ए’ बाट विजेताको रुपमा प्रदेश नम्बर-१ र उपविजेताको रुपमा लुम्बिनी प्रदेश तथा समुह ‘बि’ बाट विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरेका छन्। कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश-२ र बागमती प्रदेश पहिलो चरणबाट बाहिर भए।

पहिलो सेमीफाइनल खेल शनिवार बिहान ९ बजे प्रदेश नम्बर-१ र सुदूरपश्चिम प्रदेश बीच तथा दोश्रो सेमीफाइनल शनिवारनै दिउँसो १ बजे एपीएफ र लुम्बिनी प्रदेश बीच खेलिनेछ।

समुह चरणमा एपीएफ र प्रदेश-१ ले सबै तिन वटा खेल जित्दै सेमीफाइनलमा स्थान बनाएको हो। लुम्बिनी र सुदूरपश्चिमले समान दुई जित र एक हार बेहोरे।

प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा प्रदेश-१ ले एपीएफलाई पराजित गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]