U19 Asia Cup : चलेन नेपालको बलिंग, श्रीलंकाद्वारा कठिन लक्ष्य

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा श्रीलंकासंग प्रतिस्पर्धा गरिरहेको छ।

शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा ३२२ रन बनाउदै नेपाललाई ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको ब्याटिंगमा ओपनर चमिदु विक्रमासिंगे र सदिशा राजापक्षले शतकीय योगदान दिए। राजापक्षले ११९ बलमा ११ चौका र २ छक्का मद्दतले १३१ रन तथा विक्रमासिंगेले १२६ बलमा ८ चौका र २ छक्का मद्दतले १११ रन बनाए । दोश्रो विकेटको लागि राजापक्ष र विक्रमासिंगेले २२३ रनको साझेदारी गरे। दुनिथ नेथामिकाले ३४ तथा शेभोन ड्यानियलले १७ रन योगदान दिए।

नेपालको बलिंगमा आदील अन्सारीले २ ( ९-०-४६-२ ) , देभ खनाल ( ९-१-५५-१ ) र बिबेक यादवले ( ७-०-६५-१ ) ले समान एक विकेट लिए।

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाल आज पराजित भएको खण्डमा सेमीफाइनल पुग्ने संभवाना समाप्त हुनेछ। श्रीलंका विजयी भए बंगलादेशसंगै समुह ‘बि’ बाट सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]