U19 Asia Cup : चलेन नेपालको बलिंग, श्रीलंकाद्वारा कठिन लक्ष्य

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा श्रीलंकासंग प्रतिस्पर्धा गरिरहेको छ।

शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा ३२२ रन बनाउदै नेपाललाई ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको ब्याटिंगमा ओपनर चमिदु विक्रमासिंगे र सदिशा राजापक्षले शतकीय योगदान दिए। राजापक्षले ११९ बलमा ११ चौका र २ छक्का मद्दतले १३१ रन तथा विक्रमासिंगेले १२६ बलमा ८ चौका र २ छक्का मद्दतले १११ रन बनाए । दोश्रो विकेटको लागि राजापक्ष र विक्रमासिंगेले २२३ रनको साझेदारी गरे। दुनिथ नेथामिकाले ३४ तथा शेभोन ड्यानियलले १७ रन योगदान दिए।

नेपालको बलिंगमा आदील अन्सारीले २ ( ९-०-४६-२ ) , देभ खनाल ( ९-१-५५-१ ) र बिबेक यादवले ( ७-०-६५-१ ) ले समान एक विकेट लिए।

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाल आज पराजित भएको खण्डमा सेमीफाइनल पुग्ने संभवाना समाप्त हुनेछ। श्रीलंका विजयी भए बंगलादेशसंगै समुह ‘बि’ बाट सेमीफाइनल प्रवेश गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy