प्रदेश २ प्रादेशिक छनोट प्रतियोगिताको उपाधि बारालाई

२०७८ पुष २१, बुधबार २१:३८

चन्दनकुमार यादब , राजबिराज २१

प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेशस्तरिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश-२ छनोट प्रतियोगिता बाराले जितेको छ। बाराले धनुषालाई ३४ रनले पराजित गर्यो।

बुधवार सम्पन्न फाइनलमा धनुषाले टस जितेर १ सय २५ रन बनाएको थियो। उसको लागि तिर्थ राज दासले २३ रन, साहिल पटेलले १६ रन,जितेन्द्र यादब १७ रन, रबी साहले १४ रन योगदान दिए। बलिंगतर्फ बाराका आकाश रायले ३ विकेट तथा बिकास सुशलिंग र रूपेश यादबले २/२ विकेट हात पारे।

जवाफमा धनुषा २२ ओभर ५ बलमा ९१ रनमै समेटिन पुग्यो जसमा अकबर अली अविजित ३८ रन, परशुराम यादबले ११ रन बनाए। बलिंगतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४ विकेट लिए भने आशुताेष पटेल, जितेन्द्र यादब, कुमार थापा २/२ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच समीर नेपाल घाेषित भए। प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याटर सिरहाका शैलेन्द्र साह तथा सप्तरीकै अजय यादब बेस्ट बलर घाेषित भए।

फाइनल खेल सक्किए लगत्तै आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल क्रिकेट सँघका केन्द्रीय काेषाध्यक्ष राेशन सिँह, प्रदेश २ क्रिकेट सँघका अध्यक्ष हिरा भगत तथा प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघ का अध्यक्ष अायुष श्रेष्ठ, काेषाध्यक्ष तुलानाथ माझी लगायत ले शिल्ड,कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रम काे संचालन सप्तरी क्रिकेट सँघ का सचिव चन्दन कुमार यादब ले गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy