प्रदेश २ प्रादेशिक छनोट प्रतियोगिताको उपाधि बारालाई

चन्दनकुमार यादब , राजबिराज २१

प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेशस्तरिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश-२ छनोट प्रतियोगिता बाराले जितेको छ। बाराले धनुषालाई ३४ रनले पराजित गर्यो।

बुधवार सम्पन्न फाइनलमा धनुषाले टस जितेर १ सय २५ रन बनाएको थियो। उसको लागि तिर्थ राज दासले २३ रन, साहिल पटेलले १६ रन,जितेन्द्र यादब १७ रन, रबी साहले १४ रन योगदान दिए। बलिंगतर्फ बाराका आकाश रायले ३ विकेट तथा बिकास सुशलिंग र रूपेश यादबले २/२ विकेट हात पारे।

जवाफमा धनुषा २२ ओभर ५ बलमा ९१ रनमै समेटिन पुग्यो जसमा अकबर अली अविजित ३८ रन, परशुराम यादबले ११ रन बनाए। बलिंगतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४ विकेट लिए भने आशुताेष पटेल, जितेन्द्र यादब, कुमार थापा २/२ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच समीर नेपाल घाेषित भए। प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याटर सिरहाका शैलेन्द्र साह तथा सप्तरीकै अजय यादब बेस्ट बलर घाेषित भए।

फाइनल खेल सक्किए लगत्तै आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल क्रिकेट सँघका केन्द्रीय काेषाध्यक्ष राेशन सिँह, प्रदेश २ क्रिकेट सँघका अध्यक्ष हिरा भगत तथा प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघ का अध्यक्ष अायुष श्रेष्ठ, काेषाध्यक्ष तुलानाथ माझी लगायत ले शिल्ड,कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रम काे संचालन सप्तरी क्रिकेट सँघ का सचिव चन्दन कुमार यादब ले गरेका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]