PM CUP : शेरको घातक बलिंगमा सुदूरपश्चिम विजयी

२०७८ पुष २९, बिहीबार १२:४३

Sher Malla

कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस क्लबसंग पराजित भएको थियो। कर्णालीको यो दोश्रो हार हो जसले पहिलो खेलमा आर्मीसंग हार बेहोर्दा प्रदेश-१ लाई पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १५४ रन लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा १०६ रन मात्र बनाउन सक्यो। कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ३५ तथा अर्जुन घर्तिले ३० रन योगदान दिए। रबिन्द्र र अर्जुनले तेश्रो विकेटको लागि ४८ रनको साझेदारी गर्नु बाहेक अन्य कर्णाली ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

सुदूरपश्चिमको बलिंगमा कप्तान शेर मल्लले ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १५ रन खर्चे। हेमन्त धामीले २ ( ४-०-२२-२ ) विकेट लिंदा बिकाश आग्री, आदित्य महता र गजेन्द्र बोहराले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट क्षेतीमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमको लागि अर्जुन साउदले सर्वाधिक ३२, बसन्त कार्कीले २८, दिपक बोहराले २५, खडक बोहराले २२ तथा हेमन्त धामीले १० रन बनाए। पहिलो १० ओभरमा ५३ रन बनाएका सुदूरपश्चिमले अन्तिम १० ओभरमा ६ विकेट गुमाएता पनि १०० रन बनायो।

कर्णालीको बलिंगमा प्रकाश जैसीले सर्वाधिक ३ विकेट ( ४-०-३६-३ ) लिए भने दिवान पुन ( ४-०-२१-२ ) र रबिन्द्र शाहीले ( ३-०-१९-२ ) समान दुई विकेट लिए। दिनेश अधिकारीले एक विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy