PM CUP : शेरको घातक बलिंगमा सुदूरपश्चिम विजयी

Sher Malla

कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस क्लबसंग पराजित भएको थियो। कर्णालीको यो दोश्रो हार हो जसले पहिलो खेलमा आर्मीसंग हार बेहोर्दा प्रदेश-१ लाई पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १५४ रन लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा १०६ रन मात्र बनाउन सक्यो। कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ३५ तथा अर्जुन घर्तिले ३० रन योगदान दिए। रबिन्द्र र अर्जुनले तेश्रो विकेटको लागि ४८ रनको साझेदारी गर्नु बाहेक अन्य कर्णाली ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

सुदूरपश्चिमको बलिंगमा कप्तान शेर मल्लले ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १५ रन खर्चे। हेमन्त धामीले २ ( ४-०-२२-२ ) विकेट लिंदा बिकाश आग्री, आदित्य महता र गजेन्द्र बोहराले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट क्षेतीमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमको लागि अर्जुन साउदले सर्वाधिक ३२, बसन्त कार्कीले २८, दिपक बोहराले २५, खडक बोहराले २२ तथा हेमन्त धामीले १० रन बनाए। पहिलो १० ओभरमा ५३ रन बनाएका सुदूरपश्चिमले अन्तिम १० ओभरमा ६ विकेट गुमाएता पनि १०० रन बनायो।

कर्णालीको बलिंगमा प्रकाश जैसीले सर्वाधिक ३ विकेट ( ४-०-३६-३ ) लिए भने दिवान पुन ( ४-०-२१-२ ) र रबिन्द्र शाहीले ( ३-०-१९-२ ) समान दुई विकेट लिए। दिनेश अधिकारीले एक विकेट लिए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]